• २०८३ साउन ३
  • 2026 July 19, Sunday

परीक्षण बढेपछि पुन: बढ्न थाल्याे काेराेना संक्रमितकाे संख्या

काठमाडाैं । कोभिड-१९ को परीक्षण बढेपछि पुन: संक्रमितकाे संख्या बढ्न थालेकाे छ । मंगलबार नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या केही बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज ११ हजार ८१० जनाको स्वाब परीक्षण गर्दा ३१५ जनामा सङ्क्रमण देखिएको छ। सोमबार आठ हजार ६१७ जनाको स्वाब परीक्षण गर्दा २६५ जनामा कोरोना देखिएको थियो।

मंगलबार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा कोरोना देखिएको हो । त्यस्तै, दुई हजार ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस् । 

कति छन् नेपालमा काेभिड १९ संक्रमित ?