
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार १७४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
९ हजार १६८ पीसीआर परीक्षण गर्दा २५५ जनामा र ३ हजार ६ एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ३६६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ जना रहेको छ । जसमध्ये ५ हजार ९१३ जना होम आइसोलेसनमा र ३२६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १२८ जना आइसियूमा र २९ जना भेन्टिलेटरमा उपचारत छन् ।
हालसम्म नेपालमा ९ लाख १९ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि, ८ लाख ५ हजार ५७१ जना भाइरस संक्रमणमुक्त भएका छन् भने ११ हजार ५४७ जनाको निधन भएको छ ।