• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिकाे प्रस्ताव

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउन प्रस्ताव गरेका छन् ।

अन्यथा आफ्नो उम्मेदवारी यथावत् रहने उनले जानकारी दिएका छन्।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेता/कार्यकर्तासँग आह्वान गरेका हुन्।

पौडेललाई सर्वसम्मत रूपमा पार्टीको सभापति बनाउँदा न्याय पनि हुने र देशभरका कांग्रेसजनमा एकताको सन्देश पनि जाने उनको दाबी छ।