काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।
उनले २८ गते नयाँ पार्टीकाे घाेषणा कार्यक्रम भएकाे जानकारी दिए । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम राखिएकाे छ ।
तत्कालीन राजपाबाट अलग भएका त्रिपाठीलगायतका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । उनीहरुले एमालेसँग तालमेल गरेर चुनाव लडेका थिए ।
त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा महिला स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत बनेका थिए ।