काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन Live

काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

महाधिवेशनको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै उद्घाटन गरे । त्यस्तै, कांग्रेसका शीर्ष नेताहरुले पार्टीका अग्रज नेताहरुको तस्वीरमा माल्यार्पण गरेका थिए । उद्घाटनमा विदेशी पाहुनाका साथै देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियाे ।

महाधिवेशनको उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलो संख्यामा सहभागी भएका थिए । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । कांग्रेसमा नयाँ नेतृत्व चुन्नका लागि चार हजार सात सय महाधिवेशन प्रतिनिधिको सहभागीता रहेको छ ।

हेर्नुस् प्रत्यक्ष प्रसारण :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१