कोइराला प्यानलबाट मीनेन्द्र र गगन महामन्त्री, अन्य पदाधिकारीमा को – को बने उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा. शेखर कोइरालाको टिम मैदानमा आउने निश्चित भएकाे हाे ।

शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका हुन् ।

सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् ।

यस्तै, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।

संस्थापन इतर समूहबाट प्रकाशमान सिंहले पनि सभापतिका उम्मेदवारी दिएका छन् । यद्यपी अहिलेसम्म रामचन्द्र पाैडेलले काेइराला र सिंह दुवैकाे पक्षमा आफूलाई उभ्याएका छैनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१