यस्ताे बन्याे टिम देउवा, काे-काे परे ?

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव लड्न आफ्नो टिम फाइनल गरेका छन् । बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको छ ।

देउवा टिमबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१