काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउनका लागि उम्मेदवार नभएको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहेकाे बताए । उनले भने – ‘कसैलाई हामी हराउँदै छैनौँ । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौँ ।’
उनले भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको पनि बताए । ‘भोलि हाम्रो भाग्य के हुने भन्ने न अनुपम न बालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’ उनले भने ।