![](https://hulaksanchar.com/wp-content/uploads/2021/12/miss-universe.jpg)
काठमाडाैं । मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज संधूले जितेकी छिन् । २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन् । भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन् ।
जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन् ।
इजरायलमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाज सिंधूलाई यो ताज लगाइदिएकी थिइन् ।