थप ३ सय ४१ जनामा कोरोना संक्रमण, तीन जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ४ सय १६ पिसिआर परिक्षणका क्रममा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ३ सय ४५ पुगेको छ । त्यस्तै, कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ३ सय ७६ सक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय २४ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७