पराजित भए पनि सिंहलाई साथ दिनु मेरो कर्तव्य हो : विश्वप्रकाश शर्मा

काठमाडौं । महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंह उभिएको ठाउँमा नै आफू पनि उभिने बताएका छन् । सिंहले देउवालाई समर्थन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले भनेका छन्, “सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।”

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१