अन्तर्मनको आवाज सुनेर भोट हाल्न महाधिवेशन प्रतिनिधिलाई कोइरालाको आह्वान

काठमाडाैं । कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरण चुनावामा महाधिवेशन प्रतिनिधिलाई अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान गरेका छन् ।

दाश्राे चरणकाे निर्वाचन हुनुपूर्व गरिएको पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिलाई गुट-उपगुट, भागवण्डा भन्दा पनि आफ्नाे विवेकले भाेट हाल्न आह्वान गरेका हुन् । कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने पनि बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने – कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु । आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु । हामी मिलेर काम गर्छौँ भन्ने कुरा राख्न चाहन्छु ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१