
काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकमा २६४ जना कोराेना संक्रमपित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यही अवधीमा थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ भने ३६२ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या ५ हजार ६८९ रहेकाे छ ।