देउवालाई बधाई दिँदै गगन थापाले भने- सहकार्य हुने नै छ

काठमाडाैं । सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसका नेता गगन थापाले बधाई दिएका छन् । १४औं महाधिवेशनअन्तर्गत दोस्रो निर्वाचनबाट विजयी घोषणा भएपछि देउवालाई थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

महामन्त्री पदका उम्मेदवारसमेत रहेका थापाले यस क्रममा देउवाले पार्टी थिति र विधिमा चलाउने अपेक्षा पनि गरेका छन् ।

‘आदरणीय शेरबहादुरज्यू, पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु’, थापाले लेखेका छन्, ‘समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने नै छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१