सुनको मूल्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१