• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

गगन थापाकाे प्रश्न : ‘नेतृत्व परिवर्तनको कुरा गर्नेहरु रातारात कसरी बदलिए ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मध्यरातसम्म नेतृत्व परिवर्तनको वकालत गर्नेहरु बिहान भएपछि कसरी बदलिए भन्ने प्रश्न गरेका छन् ।

चुनावपछि कांग्रेस प्रतिनिधहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘मध्यरातसम्म यो नेतृत्व दोहोरियो भने बर्बाद हुन्छ भन्नेहरु ६ घन्टापछि यो नेतृत्व नआए बर्बाद हुन्छ भन्ने अवस्थामा कसरी पुगे ?’

थापाले आफ्नो प्यानलबाट पराजित सभापति कोइरालालाई आफूलाई भोट दिनेहरुको जिम्मेवारी लिन आग्रह पनि गरे ।उनले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० प्रतिशत भागबण्डा खोज्न नहुने पनि बताए ।

पार्टीमा अब गुटलाई बिर्सेर विधिको आधारमा निर्णय लिनुपर्ने उनकाे भनाइ थियाे ।