थप २ सय ८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडाैं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार २ सय १२ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ८ सय ८९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ६५ पुगेको छ । हाल नेपालमा ५ हजार ६ सय ३५ सक्रिय सक्रमित आइशोलेशनमा रहँदा ९५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१