बेलायतमा काेराेना महामारी : बुधबार थपिए ७८ हजार ६१० जना कोभिड संक्रमित

काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ । बेलायतमा हालसम्म कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।

बेलायतभर नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित समेत बढ्न थालेका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोनसनले रेष्टुरेन्ट र रक्सी पसल बन्द नगर्ने तर रेष्टुरेन्ट वा रक्सी पसलमा जाँदा सावधानी अपनाउन आग्रह गरेका थिए । उनले नयाँ भेरियन्टका संक्रमित बढिरहेका कारण दैनिक संक्रमितको संख्या बढ्ने आँकलन पनि गरेका थिए ।

बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्‍दा संक्रमित भइसकेका छन् । यसमध्ये एकजना संक्रमितको मृत्यु भएको बताइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१