काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेपछि छापावाल सुन प्रतितोला ९३ हजार पुगेको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार स्थिर देखिएको चाँदीको भाउ पनि बिहीबार भने प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।