• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

माैसमविद्काे सुझाव : सतर्कता अपनाउनू

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी देशभरका नागकिरलाई सतर्कताका लागि अनुरोध गरेको छ ।

चेतावनी तथा परामर्शमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत सबैमा अनुरोध छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाका माैसमविद्ले जानकारी दिएका छन् ।