काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा शुक्रबार एक हजारले बढेर प्रतितोला ९४ हजार रूपैयाँ तोकिएको छ ।
तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार २५० निर्धारण गरिएको छ । बिहीबार चाँदीको भाउ एक हजार २३५ थियो ।