घट्याे सुनचाँदीकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घटेको हाे ।

घटेपछि छापावाल सुन प्रतितोला ९३ हजारमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१