
काठमाडाैं । संसदमा व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग उठेको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।
उनले भने ‘गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र उनले अवैधानिक लगानी गरेकाले उनीमाथि संसदीय समिति र सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्छ ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए । मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।