थप २९० जनामा कोरोना संक्रमण, तीन जनाकाे मृत्यु

काठमाडौं । नेपालमा थप २९० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधिमा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १७ हजार ०८९ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २५२ र एन्टिजेनबाट ३८ जनामा संक्रमण देखिएको हाे । त्यस्तै, पछिल्लो २४ घन्टामा थप २३२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार २४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१