काठमाडाैं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गएकाे मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले गएको मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम विवाह गरेका थिए । किशाेरीलाई माइती पक्षले २९ गते राति खोसेर लिएका थिए । त्यही दिनदेखि चन्द्रे सम्पर्कविहीन भएका थिए ।
किशाेरीका बुवा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।