गलकोट स्पोर्टस क्लबको अध्यक्षमा डिलाराम निउरे

जापान । गलकोट स्पोर्टस क्लबको मंगलबार टोकियोमा सम्पन्न चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्बर्द्धन र योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे चयन भएको निर्वाचन समितिका सदस्य नरबहादुर थापाले जानकारी दिए ।

त्यसैगरि क्लबको २०२१-२०२३ कार्यकालका लागि महासचिवमा हिमाल कंडेल, सचिवमा दिनेश थापा, दीपक सुबेदी विप्लव र सह सचिवमा हरी भण्डारी निर्विरोध रूपमा चयन भएको निर्वाचन समितिका सदस्य थापाले बताए ।

टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आइरहेको सो क्लबको सम्पन्न अधिवेशनबाट क्लब कोषाध्यक्षमा रमेशकुमार खत्री, सह कोषाध्यक्षमा इश्वर बस्नेत, खेल संयोजकमा गणेश केसी र लेखा संयोजकमा जीवन गैरेलाई चयन गरेकाे छ ।

क्लबको निर्वाचित सदस्यहरूमा कुशल भण्डारी, दुर्गाबहादुर थापा, जेम्स बस्नेत, अम्मरबहादुर खड्का (कृष्ण), नारायण थापा, सुरज केसी, अशिम बस्नेत र गोमा बुढ़ाथोकी रहेका छन् ।

अधिवेशनमा क्लबका संरक्षक समेत रहेका विशिष्ट अतिथि रत्नसिंह बस्नेतले आपसी सद्भाव र भाइचाराको विकास गर्न क्लबले खेलमार्फत खेलेको भूमिकाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएकाले आगामी दिनमा सहकार्य र समन्वयात्मक रूपमा थप कार्य गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले खेलका माध्यमबाट पूरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने भएकोले व्यवस्थित योजनामार्फ़त सशक्त ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरे ।

अधिवेशनमा बोल्ने वक्ताहरूमा क्लबका सल्लाहकार तथा ग़ैर आवासीय नेपाली संघका आइसीसी सदस्य नरबहादुर थापा, सल्लाहकार विजय भण्डारी र हिराबहादुर शेरचन रहेका थिए ।

क्लबको अधिवेशनमा सचिव राजु बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्ध बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता र सदस्य दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको राष्ट्रिय खेल भलिबलप्रति चासो र क्रियाशील बनाई राख्न आफ्नो स्थापनाकालदेखि हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

जापानमा रहेका गलकोटेका साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउँदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्‍याउने उद्देश्यले गलकोट स्पोर्टस क्लब स्थापना गरिएको हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१