सुनकाे मूल्यमा आज पनि गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । केही दिनयता लगातार सुनको मूल्य घटिरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर बुधबार १ हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१