अवरोधबीच सभामुखले अघि बढाए प्रतिनिधि सभा बैठक

काठमाडौं । नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक अघि बढाएका छन् ।

उनले नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सुवालले प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरे । एमसीसी सम्झौता खारेज गर्न समेत उनले माग गरे ।

सभामुख सापकोटाले पार्टी फुटाउने मतियारको भूमिका खेलेको भन्दै एमालेले भदौदेखि निरन्तर विरोध गरिरहेको छ । गएकाे १ भदौमा आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको झोकमा एमालेले सभामुखसँग आक्रोश पोखिरहेको छ ।

संसदमा केही समयअघिदेखि विरोध र विरोधकैबीच संसद् सञ्चालन हुने क्रम दोहोरिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१