नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन् । संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ ।

नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । २७२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१