काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । मूल्य बढेपछि बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सुनको मूल्य आज उकालो लागेको जानकारी दिएको हो ।
यसअघि, मंगलबार र बुधबार निरन्तर मूल्य ओरालो लागेको थियो । बिहीबार चाँदीको मूल्य पनि बढेकाे छ । प्रतितोला १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ पुगेको छ ।