भारतको पञ्जाबमा अदालतमा विष्फोट, दुई जनाको मृत्यु

काठमाडाैं । भारतको पञ्जाबस्थित लुधियानामा रहेको अदालतमा विष्फोट भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् । अदालतको दोस्रो तलामा विष्फोट भएको हो ।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ । समाचारमा बताइएअनुसार घाइतेहरुलाई अहिले अस्पताल पुर्‍याउने काम भइरहेको छ ।

अदालतमा अहिले धुवाँको मुस्लो आइरहेको देखिएको छ । इन्डियन एक्सप्रेसका अनुसार बिहीबार जिल्ला अदालतको काम चलिरहेको समयमा यो विष्फोट भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१