काेराेनाविरुद्धकाे चक्की औषधिले अमेरिकामा पायो अनुमति, ५ दिनभित्र प्रयाेग गर्दा प्रभावकारी

काठमाडाैं । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले काेराेनाविरुद्धकाे फाइजर एन्टीभाइरल पिल ‘प्याक्सलोभिड’ प्रयोगका लागि स्वीकृत गरेको छ ।

कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान चलेका बेलामा प्रयाेगका लागि स्वीकृति पाउने यो पहिलो एन्टीभाइरल चक्की हो ।

चक्कीको प्रयोग १२ वर्षभन्दा माथिकाले मात्र गर्न पाउने बताइएकाे सीएनएनले समाचार प्रकाशन गरेकाे छ । ‘हाइ रिक्स’मा रहेका १२ वर्षभन्दा माथि उमेर समूहका, शरीरको तौल कम्तीमा ८८ पाउन्ड भएका र कोभिड १९ परीक्षण गरी उपचार गराउनुपर्ने व्यक्तिले यो चक्की प्रयोग गर्न सक्छन् । यस्तो एन्टीभाइरल पिल प्रयोगका लागि चिकित्सकको स्वीकृति अनिवार्य गरिएको छ ।

यो चक्की कोभिड १९ देखिएको र लक्षण देखिएको पाँच दिनभित्र खानुपर्ने एफडीएले जनाएको समाचारमा उल्लेख छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१