प्रतिताेला २०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ ।

बिहीबार प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ । बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८१० डलर आसपासमा कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१