कांग्रेसलाई जनताकाे लाेकप्रिय पार्टी बनाउनुपर्छ : केन्द्रीय सदस्य आचार्य

काठमाडाैं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा शुक्रबार काठमाडौंमा आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए ।

कांग्रेसलाई ठूलो पार्टीमात्र नभई जनताको लोकप्रिय पार्टी बनाउनुपर्ने उनकाे भनाइ थियाे । उनले अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर कांग्रेस अगाडि बढ्ने धारणासमेत राखे ।

आचार्यले कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउने र आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिलाई धन्यवादसमेत दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१