सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१