भीम रावलले भने : प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति

काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्र सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको जिकिर गरेका थिए ।

नेता रावलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति लज्जास्पद भएको बताएका छन् ।

रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको बताएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१