• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणी : अबाेध कार्यकर्ता फेरि झुक्किने भए !

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ भट्टराईले भनेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए! शुभकामना!’

उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख पनि गरेका छन् । उनले जनतालाई नेताले बाटो देखाउनुपर्नेमा भ्रम छर्न खोजेको आरोपसमेत लगाएका छन् ।

‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ । जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन,’ बाबुरामले भनेका छन् ।

प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

भट्टराई माओवादीबाट अलगिएर नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीमा अहिले संघीय परिषद् अध्यक्ष छन् ।

माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो!अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए!शुभकामना! https://t.co/QApm2qI3Vw

— Baburam Bhattarai (@brb1954) December 27, 2021