घट्यो सुनको मूल्य, बढ्याे चाँदी

काठमाडाैं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार तोकिएको छ । साेमबार प्रतितोला रु ९३ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मंगलबारको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ७०० तोकिएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१