• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रावलकाे प्रश्न : ‘भारतले महाकालीको नाम फेरेर नेपाली भूमि नक्सामा राख्यो, सरकारको धारणा के छ ?’

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् ।

नेता रावलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् महाकाली नदीको नाम फेरेर भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचार आएको दाबी गरेका हुन् । तर यस विषयमा ठूला राजनीतक दल तथा गठबन्धन सरकार नबोलेको रावलको टिप्पणी छ ।

‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन’, कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबन्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’

महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?

— Dr. Bhim Rawal (@BhimRawal179) December 30, 2021