‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । प्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ पोष्टपोन्ड भएको छ । यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुने सेड्यूल थियो । तर, भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यहरुमा लकडाउन सुरु भैसकेको छ । दिल्ली सरकारले चलचित्र भवनहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमितकोे संख्या दैनिक रुपमा बढ्दै गएपछि विभिन्न राज्यमा कडा नियम लागू हुन थालेका छन् । जसकोे प्रत्यक्ष प्रभाव मनोरञ्जन दुनियाँमा पनि पर्न थालेकोे छ ।

रिलिजका लागि तयार भएका बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोेष्टपोन्ड हुन थालेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१