प्रतिताेला ९०० रुपैयाँ घट्याे सुनकाे मूल्य, चाँदी पनि घट्याे

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य समेत मंगलबार तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१