उखुकाे समर्थन मूल्य किसानकाे हितमा छैन : कृषि श्रमिक संघ

काठमाडाैं । राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले ताेकेकाे उखुकाे समर्थन मूल्य मान्य नहुने बताएकाे छ । शुक्रबार विज्ञप्ति निकालेर संघले किसानलाई उखुकाे समर्थन मूल्य मान्य नहुने बताएकाे हाे ।

संघकाे अध्यक्ष धर्मलाल यादव र महासचिव गाेपाल यादवले हस्ताक्षर गरेकाे विज्ञप्तिमा याे समर्थन मूल्य किसानकाे हितमा नभएर उद्याेगीकाे हितमा भएकाे आराेप पनि लगाइएकाे छ । विज्ञप्तिमा भनिएकाे छ ‘सरकारले उद्याेगीहरुकाे हित र रक्षाकाे लागि याे समर्थन मूल्य ताेकेकाे छ, किसानकाे हितमा हाेइन ।’ कृषिप्रधान देशमा किसानकाे पक्षमा सरकार नभएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

सरकारले उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ ताेकेकाे छ । किसानहरुले प्रतिक्विन्टल ७ सय मूल्य हुनुपर्ने माग राखेका थिए । साथै, संघले नेपाल सरकार उद्याेग मन्त्रालयले गरेकाे सम्झाैता कार्यान्वयन गर्न माग पनि गरेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१