थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परीक्षणका क्रमा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै थप २ सय २४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७