![](https://hulaksanchar.com/wp-content/uploads/2021/12/Corona-Virus.jpg)
काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा एक सय ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।
भारतमा अहिले सात लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।