![](https://hulaksanchar.com/wp-content/uploads/2022/01/divendra-paudel.jpg)
काठमाडाैं । शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।