भारतमा पछिल्लो २४ घण्टामा साढे २ लाख नयाँ संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे दुई लाख नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा २ लाख ४७ हजार ४१७ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो २४ घण्टाको तुलनामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या २७ प्रतिशतले बढेको हो।

त्यस्तै, भारतमा कोरोनाको महामारी सुरु भएपछि पहिलोपटक नयाँ संक्रमितको संख्या ५० हजारभन्दा धेरैले बढेको हो ।

भारतमा गत मे महिनापछि पहिलोपटक कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २ लाख नाघेको हो ।

भारतमा कोरोनाको संक्रमणदर पनि १३ प्रतिशत नाघेको छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण ३८० जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका ५ हजार ४८८ संक्रमित फेला परेका छन्।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१