काठमाडाैं । नेपाली बजारमा विहीबार पनि सुनको भाउमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजारमा पुगेको छ ।
चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।