थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २७१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२ र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । हाल नेपालमा देशभर १४ हजार ३ सय ४० जना कोरोनाका संक्रिय संक्रमित छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१