नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २० औं वार्षिक साधारण सभा यस बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भब्यताकासाथ सम्पन्न गरेको छ ।

चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभा सम्पन्न गरेको हो ।

संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्ष भित्र पूरा गर्ने लक्ष्यकासाथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ. व. २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरेकाे छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१