‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । पाल्मु शेर्पाको डेब्यू म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायक प्रदीप लामाले स्वरमासाथ दिएका छन् ।

शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ । प्रकाश वाइबा तामाङले भिडियो खिचेका हुन् ।

राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१